आँगनैभरि हिउँ नै झरे
अरु फूल है टिपिराखें है
लेकै भरी बैंसमा फुले मायाको मुस्कानमा
सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई
खोलानाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा
चाँदनी रातमा सम्झिबसें है
त्यो जीवन मै आउँला बादल भै
त्यो रमाइलो गाउँमा
मेरा यी रातहरू यादमा बितिरहेछ
भावनामा हाम्रो प्रेमलाई सजाई राखें है
त्यो जीवन मै आउँला बादल भै
त्यो रमाइलो गाउँमा
आँगनैभरि हिउँ नै झरे
अरु फूल है टिपिराखें है
लेकै भरी बैंसमा फुले मायाको मुस्कानमा
सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई
Comments!