आकाशैमा चिल उड्यो धर्तीमा छाया
गाँठो पारी बाँधी राख मेरै चोखो माया आहै
रेसमको रुमालैमा
आहै रेसमको रुमालैमा
बैंशैमा समुद्र पानी तरुँतरुँ लाग्छ
फाँसी लगाई झुन्डिएर मरुँमरुँ लाग्छ
आहै तिम्रो त्यो कपालैमा
आहै तिम्रो त्यो कपालैमा
दिउँसोभरि वरिपारि दिउँसोभरि वरिपारि
साथीसंगीसँग भेला
बरु मलाई हेर्न आऊ है साँझको बेला आहै
पारिको जंगलैमा
आहै पारिको जंगलैमा
मायाप्रीति लाएपछि दुनियाँको के डर
जीवनमा एकपल्ट नफस्ने को छ आहै
मोहनी जनजालैमा
आहै मोहनी जनजालैमा
कमिज पतलुन लगाउने नक्कल म ठिटा
घर जन्तीहरूसित बाँधी आउँला है फेटा आहै…
Comments!