आँखा छोपी नरोऊ…. भनी भन्नु पर्या छ
मुटूमाथि ढुंगा राखी हाँस्नु पर्या छ
भोली उडी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन
बाचा छिट्टै आउँछु भनी भन्नु पर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ
छातीभरि गाउँबेंसी पखेरीको छाया
आँखाभरि मेलापात मायालुको माया
आफैंलाई छाडी कतै जानु पर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ
भन्ने कुरा कति थियो छातीभित्रै रह्यो
परेलीको आँखाबाट आँसु झरी रह्यो
कुल्चिएर आफैंलाई हिँड्नु पर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ
Comments!