चौबन्दी चोलो कालो सारी क्या सुहाएको
हातैमा रुमाल निधारमा फूल
भन कति मिलेको ऐ
छमछम गर्दै मेरो आँगनीमा
किन तिमी आई नाच्न थालेकी ऐ
फूलबारीमा फुलेको फूलझैं
ओ नाच्न किन आएकी
मायामा मैले तिम्रै लागि
तिम्रै लागि मैले यो ज्यानै फालेको हो..
शिरैमा रिबन गलामा नौ गेडी नाकैमा फुली
ओ कानमा झुम्का कति सुहाएकी
ओ नाच्न किन आएकी ओ यह
माया मैले तिम्रै लागि
तिम्रै लागि मैले यो ज्यानै फालेको होओ
शिरैमा रिबन गलामा नौगेडी
नाकैमा फुली ओ कानमा झुम्का
कति सुहाएकी
ओ नाच्न किन आएकी ओ ऐ…
Comments!