Artists/Songs

Herna Deu Timro Muhar

by Gloomy Guys

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 1.00 out of 5)
Loading...

हेर्न देऊ तिम्रो मुहार भोलि त टाढा हुन्छ
सम्झँदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ
तिम्रो ती नजरहरू फेरि हेर्न पाउँदिनँ
तिमी मेरी मायालु भन्न अब पाउदिनँ
आजसँगै भोलि त बिरानो हुनु छ
सम्झँदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ
रैन छ तिमीलाई पाउनु कर्ममा मेरो लेखेको
नपाइने रहेछ सबै हृदयले रोजेको
आज आफ्नै भोलि त पराइ हुनु छ
सम्झँदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ
हेर्न देऊ तिम्रो मुहार भोली त टाढा हुन्छ
सम्झँदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ


Comments!