हिउँ त हैन फाप्रेका डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा निर्माया आफ्नो को छ र
विदेशिनु लेखियो कर्ममै
भर रोपी नबोल मर्ममा
जिउ त हैन ढुंगाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा निर्माया आफ्नो को छ र
भिरको सुइ भीरबाट सर्दैन
जहाँ गए पनि यो माया मर्दैन
मन त होइन रुखको त्यो डाली
माया तिमी रेशमको जाली
हङकङ पोखरा निर्माया आफ्नो को छ र
Comments!