Artists/Songs

Jaba Tara Ganera

by Nirwan & Music

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

जब तारा गनेर एक्लै टोलाउँछौ
जब ह्दय खोलेर मलाई बोलाउँछौ
म बादलको सहारा लिएर
चन्द्रमाबाट हेर्नेछु
जब तारा गनेर एक्लै टोलाउँछौ
मान्छेको जीवन हो सधंै भेट्न गाह्रो हुन्छ
दूरदृष्टिले मन झन् साह्रो हुन्छ
जब दुःख भुलेर एकछिन हाँस्छु
म यादको सहारा लिएर मनमनै भेट्ने छु
जब तारा गनेर एक्लै टोलाउँछौ
मान्छेको जीवन हो समयसाथ उडेर जान्छ
एकदिन दैवले तनमन हरेर लान्छ
जब तिमी चिच्याएर मलाई बोलाउँछौ
जब आकाश हेरेर एकछिन टोलाउँछु
म बादलको सहारा लिएर तारा बनी खस्नेछु
म अदृश्य स्वरुपमा आएर तिमीसँगै बस्नेछु


Comments!