Artists/Songs

Jeevan Dekhi

by Narayan Gopal

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर
जीवनदेखि धेरै धेरै नै थाकेर
म मूर्दा भएको तिमी आज हेर
यहाँ ढुंगाहरू गर्छन् ईश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कलाई मान्छे भन्ने कसलाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमी आज हेर
कति सस्तो जीवन कति सस्तो मान्छे
जताततै देख्छु मान्छेमाथि मान्छे
सयौं पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाँटेर थाकें यो कालो मुटुलाई
म जन्मेकै भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमी आज हेर


Comments!