Artists/Songs

K Yo Maya Ho

by Hercules Basnet

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

भुलिरहें एकान्तमा
तिम्रो तस्वीरलाई हेरेर, यो हावालाई सधैं हेरन
मन भुलाई आकाशैमा
तिम्रो रुपलाई कोरेर, यो धर्तीलाई सोधिहेर न
मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ
तिम्रो त्यो सुरैमा
झन रमाउँछ झन् रमाउँछ झन् रमाउन देऊ
हरेक पलमा, के यो माया हो

टोलाइ रहे हरेकचोटि
तिम्रो आँखामा डुबेर, हराइरहें तिम्रो सोचमा
उडिरहें तिमीलाई सम्झी
बादलपारिको देशैमा, यो मुटुलाई सोधी हेरन
मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ झन् रमाउँछ झन् रमाउन देऊ
हरेक पलमा, के यो माया हो

मन गुनगुनाउँछ, गुनगुनाउँछ, गुनगुनाउन देऊ
तिम्रो त्यो सुरैमा
झन रमाउँछ झन् रमाउँछ झन् रमाउन देऊ
हरेक पलमा, के यो माया हो


Comments!