आधी आधी जिउनु छ यहाँ टुक्राटुक्रामा रमाई
पारी तर्न खोज्दै छु फेरि चुँडिएको डोरी समाई
अब सास फेर्न खोज्दा निसासिन्छु
म त पाइला चाल्न खोज्दा भासिन्छु
मेरो मन कहीं टाढा लैजारे
लैजा मेरो मन आज, लैजा मेरो मन आज
यो भीडभन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर
लैजारे……… लैजारे………..हे…हे…हे…
यहाँको चलन मान्न सकिन
यहाँको खुसी किन्न सकिन्छ
यहाँको चलन मान्न सकिन
यहांको खुसी किन्न सकिन
सुन्छु म यहाँ यो शहरको भीडमा
मान्छेहरूको मुटु छैन रे
दबाई खुसी हाँस्न सकिन
यो झुटो नाता गाँस्न सकिन
दबाई खुसी हाँस्न सकिन
यो झुटो नाता गाँस्न सकिन
देख्छु म यहाँ बनावटी सबै
यहाँ कोही आफ्नो छैन रे
Comments!