Artists/Songs

Naya Sapana

by Karma Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

नयाँ सपना नयाँ शहर
मनमा लिएर केही रहर
घरबाट आएँ म टाढा
आफन्त साथी छोडी सारा
धेरै टाढा धेरै टाढा धेरै टाढा
केही पलमा धेरै रमाएँ
थाहा नै भएन के के गुमाएँ
यो अन्जान देशमा केही गर्ने सोच्दै
पराइको भिडमा कोही आफ्नो खोज्दै
पहिले नै थिएँ म धेरै धेरै खुसी
कोही त थियो साथ मन हुँदा दुःखी
यहाँ त कसैलाई केही भन्न गाह्रो
घर सम्झी कतिपल्ट मन हुन्छ साह्रो
मन हुन्छ साह्रो
नयाँ सपना नयाँ शहर…


Comments!