Artists/Songs

Praya Sadhai Ma

by The Axe Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

प्रायः सधैं म तिमीलाई, सपनीमा पाउँछु
कहिलेकाहीं तिमीलाई, बिउँझेर हराउँछु
कल्पनाको चित्र मेरो, साकार कहिले हुने हो
कहिले मेरो अंगालोमा, आई लजाउँदै चुम्ने हो
प्रायः सधैं म तिमीलाई, सपनीमा पाउँछु
बोलाऊँ कसरी तिमीलाई
कहाँ छौं कुन बिरानो देशमा
हरजुनीको साथलाई
अटुट माया सम्झँदै
यो जुनीमा मिलन हुने
आशालाई कुर्दै छु
प्रायः सधैं म तिमीलाई, सपनीमा पाउँछु
कस्तो होला त्यो पहिलो भेट
भावनाको वेगसँगै बहँदै छु
प्रतीक्षामा छु रमाइरहेछु
भोलिको क्षणलाई सम्झँदै
ढुकढुकी यो बढिरहेछ
तापनि मनलाई सम्झाउँदै छु
प्रायः सधैं म तिमीलाई…


Comments!