Artists/Songs

Raat Gujarna

by Mount 8848

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

रात गुजार्न अझ बाँकी छ
तिम्रो याद आउँन अझ बाँकी छ
पुराना ती दिनहरू सम्झेर
पिउँन बाँकी छ
सम्झनाका तीतामीठा पल
वेदनाका सारा ती प्रहर
तिमीले दिएका चोट भुलाउँन
अझ बाँकी छ
जिन्दगी जिउँन अझ बाँकी छ
तिम्रो कसम भुल्न अझ बाँकी छ
तिमीले छाडिगए पनि
जिउँन बाँकी छ
मुटुभरि व्यथा लिएर
आँखाभरि आँसु बोकेर
अन्तिम सास तिम्रो आशमा
छोड्नु बाँकी छ
रात गुजार्न अझ बाँकी छ
तिम्रो याद आउन अझ बाँकी छ
पुराना ती दिनहरू सम्झेर
पिउन बाँकी छ


Comments!