Artists/Songs

Taremam

by Karma Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

गोजी छाम्दा नो दाम
गर्नलाई छैन केही काम
भोक लाग्यो छैन माम
तैपनि बोर यत्रो सान
थुक्क कहाँ छ तेरो आत्मसम्मान
कहिले लाग्ने हो घैंटोमा घाम
तारेमाम तारेमाम तारेमाम तारेमाम
टेन्सन भो कि सुता तान
उँभो लाग्नेको खुट्टा तान
कुरा पछि पहिले हान
मन परेन काम तमाम
थुक्क यही हो तेरो पहिचान
कहिले लाग्छ घैंटोमा घाम
तारेमाम तारेमाम तारेमाम तारेमाम
बगलीमा छुरा मुखमा राम
गेम खेलेरै नाम बदनाम
लोभी नजर सोच हराम
फेल भएर जिन्दगी झ्वाम
थुक्क यही हो तेरो लाइफ प्लान
कहिले लाग्ने हो घैंटोमा घाम
तारेमाम तारेमाम तारेमाम तारेमाम
तारेमाम तारेमाम तारेमाम तारेमाम


Comments!