Artists/Songs

Thado Janey Ukaliko

by The Axe Band

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

ठाडो जाने उकालो त तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हौ कि
सोलुको छुर्पी साह्रै नै मिठो खाऊँखाऊँ लाग्यो नि
मैच्याङलाई कति बोलाको मैले हाँस्दै पो भाग्यौ नि
उँभो है लेकमा हिँड्दैमा जाँदा बीचैमा चौतारी
गाह्रो है पर्यो भेटाउन मलाई मन मिल्ने दौंतरी
ठाडो जाने उकालो त तेस्रो जाने चौकी
हामी पनि झिल्के ठिटा
माया लाउने हो कि, लास्सो
मैच्याङले नाच्यो साह्रै नै राम्रो डम्फुको तालैमा
म्वाई खाऊँ जस्तो लाग्यो नि मलाई स्याउ जस्तो गालैमा
घुम्नलाई राम्रो घान्द्रुक हाम्रो, त्यो पुनहिल पनि
आइदेऊ माया लाइदेऊ मलाई,
दिइहाल दिल पनि
ठाडो जाने उकालो त तेस्रो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हो कि
ठाडो जाने उकालो त तेस्रो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हौ कि, लास्सो


Comments!