थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू
दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिनँ
तिमी बग्यौ कुन सागरमा मिल्न
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरू मैले भुल्न सकिनँ
धेरै बहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिनँ
तिमी उड्यौं कुन वसन्त भेट्न
ओइलिएर फेरि म फुल्न सकिनँ
थामेर किन छोड्यौं हातहरू
रोजेर किन तोड्यौं साथहरू
छोडेर गयौं सारा यादहरू
रोएर बिते मेरा रातहरू
Comments!