Artists/Songs

Timi Aja Bholi

by Sudip Giri

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

तिमी आजभोलि किन बोल्दिनौ
किन बोल्दिनौ माया लाउंदिनौ
तिमी आजभोलि किन हांस्दिनौ
किन हांस्दिनौ प्रिति सात्दिनौ
भन किन तड्पाउंछौं
धुरु धुरु रुवाउंछौं
तर्किएर तिमी किन भागि हिंड्छौं
किन भागिहिड्छौं मलाई सताउंछौं
तिमी आजभोलि किन बोल्दिनौ
किन बोल्दिनौ माया लाउंदिनौ
सहारा मेरो तिमी नै हौ सहयात्री बन्छु भन्थ्यौ
सायद अब बिर्सिसक्यौं कि
सपनाको महल भित्र तिमी नै थियौ राजकुमारी
मेरो माया बेर्थै भयो कि
बहाना किन तेस्याउंछौ बेथाहरु बल्झाउंछौं
झर्किएर तिमी किन दुनियां हसाउंछौ
किन दुनियां हसाउंछौ मलाई रुवाउंछौ
तिमी आजभोलि किन बोल्दिनौ
किन बोल्दिनौ माया लाउंदिनौ
भन किन तड्पाउंछौ धुरुधुरु रुवाउंछौ
भन किन तर्साउंछौं बेथाहरु बल्झाउंछौ
तर्किएर तिमी किन भागी हिंड्छौं…


Comments!