Artists/Songs

Timilai Bhaneko

by Narayan Gopal

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

तिमीले भनेका सारा देव छोएर
म क्रिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफंैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर
तारालाई साक्षी राखेर, बाचा नै कहिले खाएथें
पानीमा औंला चोपेर सन्धि नै कहिले गरेथें
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा
विश्वास गर भन्छौ भने, अविश्वास नै कहिले गरेथें
तिमीले भनेका सारा देव छोएर
रातभरि तिमी रोइदिँदा, रोएथें म केहीबेर
केहीबेर तिमी हाँसिदिँदा, हाँसेथें म धेरैबेर
अनि पौरताको के कुरा, चौडा छात्तीको के कुरा
सुखमा हाँस भन्छौ भने, दुःखमा नै कहिले रोएथें
तिमीले भनेका सारा देव छोएर
म क्रिया खान कहाँ सक्छु र


Comments!