Artists/Songs

Ukali Oraliharuma

by Tara Devi

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

उकाली ओरालीहरूमा
भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा
हिमालका विशाल छातीहरूमा
जहाँ जहाँ जान्छौं तिमी
म पाइला बनी पछ्याई रहन्छु
ती छहरा खोला पहराहरूमा
सम्झना बनी बगी रहन्छु
तराईका हरिया फाँटमा
पहाडका तरेलीहरूमा
हिमालका सुन्दर अनि विकट ती
बस्ती बस्तीहरूमा
जहाँ जहाँ जान्छौं तिमी
म बाटो बनी साथै आइराख्छु
ती सुस्केरा थकाई सुसेलीहरूमा
गीत बनी गुन्जी राख्छु
मुटु कमाउने जाडोहरूमा कपाल दुख्ने गर्मीहरूमा
मन हेर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौं तिमी म आकाश बनी देखी रहन्छु
ती लेक बेंसी पाखाहरूमा पवन बनी भेटी रहन्छु


Comments!