यति धेरै माया दिई मनभरि दुःख नदेउ
बाटो वर पर फुल्ने पलाँस टिपी शिरमा नलाउ
जो भाग्यमा कोरिएका सुख दुःख स्वीकार्य छन्
केही तीतापल केही मीठापल सबै सबै स्वीकार्य छन्
यी हातहरू प्रसस्तै छन् भो सान्त्वना मलाई नदेउ
यो बाटोमा कति काँडा कति फूल टिपी हिँडें
कति पराई आफ्नोदेखि कति आफ्ना पराई भेटें
यो जिन्दगीको मोडमा भो सहारा मलाई नदेउ
यति धेरै माया दिई मनभरि दुःख नदेउ
यति धेरै माया दिई
Comments!